शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन

बिहीबार, १६ मङ्सिर २०७८, ०९ : ३५
बिहीबार, १६ मङ्सिर २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।  

बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका  ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० जनाले आफुले ल्याएको बाला भन्सार तिरेर लगेको भन्सार प्रमुख भट्टराईले बताए ।

विमानस्थल भन्सारले ५० ग्रामसम्म नेपाली स्वरूपका सुनका गहना बनाएर ल्याएन छुट दिएको छ । तर, सुन तस्करले विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर बाला आकारमा सुन तस्करी गर्ने गरेका थिए । बुधवार मात्रै भन्सार कार्यालयले १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालय सोमबार २१ किलो र मंगलबार ११ किलो सुन संकलन गरेको थियो । भन्सार काउन्टरमा डिपोजिट गरिएको सुन दुई महिनाभित्र राजस्व तिरेर लैजान सकिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप