शरीरमा देखिने ७ लक्षण एचआईभी एड्सको संकेत
एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ । चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् ।
कसरी फैलिन्छ एड्स ?
एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभी सर्न सक्छ । यसैगरी, एचआईभी संक्रमित महिलाले जन्माएको शिशुमा पनि यो रोग सर्न सक्छ ।
एड्सको लक्षण
एड्सको सुरुवाती दिनहरुमा कुनै पनि लक्षण देखिदैन । संक्रमित भइसकेको व्यक्ति पनि सामान्य व्यक्तिजस्तै देखिन्छ । तर, त्यसको केही वर्षपछि लक्षणहरु देखापर्न थाल्छन् । खोकी लाग्ने, ज्वरो आउने, थकाई लाग्ने, तौल कम हुने, अनुहारको छालामा, मुखमा, आँखामा वा नाकमा धब्बा देखिने गर्छ । विस्तारै स्मरणशक्ति कमजोर हुँदै जाने र शरीर दुख्ने समस्या यो रोगको मुख्य लक्षण हो । घाँटीमा खसखस हुने, ग्रन्थीहरु सुन्निने आदि लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । छालामा चिलाउने, फुस्रो हुने, मांसपेशी दुख्ने आदि लक्षणले पनि एचआईभी एड्सको संकेत गर्छ । घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउ आउनु पनि एचआईभी एड्सको संकेत हो । डाक्टरका अनुसार रातिमा पसिना आउने, पेट बारम्बार बिग्रिने, पखाला लाग्ने आदि समस्या संक्रमित व्यक्तिमा देखिने लक्षण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा