ad
x

शीर्ष स्थानमा रियलको पकड बलियो

person explore access_timeमंसिर १६, २०७८ chat_bubble_outline0

एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै रियलले शीर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको छ ।


फ्रेन्च स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर लुका मोड्रिचको प्रहारलाई गोलमा परिणत गरेका थिए । यो सिजन सबै प्रतियोगितामा उनको यो १७ औँ गोल थियो । ला लिगामा १२ गोल गर्दै यो सिजन उनी सर्वाधिक गोलकर्ता रहेका छन् ।



बेन्जेमाले सन् २०२१ मा सबै प्रतियोगितामा ४६ खेलमा ३५ गोल गरेका छन् । एउटै वर्ष रियलका लागि सर्वाधिक गोल गरेको आफ्नो रेकर्डलाई उनले बराबरी गरेका छन् । उनले सन् २०१९ मा पनि क्लबका लागि ३५ गोल गरेका थिए । पाहुना टोलीले गोलका लागि प्रयास गरे पनि त्यो सफल हुन सकेन । पछिल्ला ६ खेलमा जीतविहीन रहँदै टोली आठौँ स्थानमा रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।