शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द त्रिपाठीको उम्मेदवारी

बिहीबार, १६ मङ्सिर २०७८, ०७ : ३७
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता आनन्द राज त्रिपाठीले  १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तनहुँबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेविसंघका पूर्व महामन्त्रीसमेत रहेका त्रिपाठीले काँग्रेसलाई सुदृढ बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । 

‘मैले देशभरका पार्टीका  साथीहरूसँग छलफल गरेको छु ।  पार्टीको आगामी बाटोबारे उहाँहरुको अपेक्षा बुझेको छु । काँग्रेसलाई नविन बाटोमा लैजान म सँग प्रष्ट भिजन छ ,” उनले भने, ‘कार्यकर्ताको भावना र जनताको चाहनाअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु  । त्यस्तै उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ काँग्रेसभित्र शालीन नेताका रुपमा चिनिने  त्रिपाठी कुशल संगठक मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप