शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सयौँ बेवारिसको वारिस बनेकी एक किशोरीको कथा

बिहीबार, १६ मङ्सिर २०७८, ०७ : ०४
बिहीबार, १६ मङ्सिर २०७८

बाक्लो–मैलो जिङ्रिङ्ग कपाल, च्यात्तिएको सर्ट, काँधमा मैलो पाइन्ट बोकेर कट्टु मात्रै लगाएका एक व्यक्ति खुमलटारतिर सधैं हिँड्थे लुखुर लुखुर । उनी सडकमै सुत्थे, खानाको लागि सडकमा फालिएको फोहर खोतल्थे, नालीको पानी खान्थे । 

ती व्यक्तिको दिनचर्या एक १४ वर्षीया किशोरीले नियालिरहेकी थिइन् । बेवारिसे पुरुषको दिनचर्याले ती किशोरीको मस्तिष्कमा खै के छाप छोड्यो, उनले संकल्प नै लिइन्, ‘मैले यी दाइका लागि अवश्य केही गर्नुछ ।’

यो आजभन्दा १३ वर्षअघि अर्थात् सन् २००८ को कुरा थियो । ती व्यक्तिको स्थितिमा सुधार ल्याउन उपचार गर्नुपर्थ्यो, त्यसका लागि रकम चाहिन्थ्यो । बाल्यकालदेखि नै नृत्यमा रुची राख्ने उनको मनले आफ्नो सो रुचीलाई नै पैसा जुटाउने माध्यम बनाउने सोच्यो । अचानक फुरेको ‘आइडिया’ले उनी आफै दंग परिन् ।

मीठो खाने, राम्रो लाउने, घुमघाम गर्ने आम किशोरहरूको सपनाको दुनियाँबाट आफूलाई अलग गरेकी उनले अरुका लागि खाने, ओत लाग्ने व्यवस्थापनमा लागिन् । नेपाल स्नेही काख दर्ता गरेर त्यसको अध्यक्ष भइन् । नेपाल स्नेही काख अहिले ७० जना भन्दा बढीको घर बनेको छ । ६२ जनालाई पारिवारिक मिलन गराई त्यहाँबाट घर पठाइसकिएको छ ।

नृत्यको एक प्रतियोगिताको क्रममा एकपटक जेम्स स्कुलका शिक्षक राजेश खड्काले उनलाई भनेका थिए, ‘तिमीलाई त म आफ्नो स्कुलमा डान्स टिचर राख्छु’ । यो वाक्य उनको मन र मस्तिष्कमा गढेको थियो । ती बेवारिसे दाइका लागि केही गर्ने हुटहुटीले उनलाई राजेश सरलाई भेट्न बाध्य तुल्यायो । ‘सानी नानी’ स्कुलमै भेट्न पुगेको देखेर ती शिक्षकले सुरुमा भेट्न अनिच्छा देखाए । बालहठ न हो, एक सातासम्म नबिराई भेट्न स्कुल धाइरहिन् । एक प्रकारले ‘धर्ना’ नै दिएपछि शिक्षकले नभेटी सुखै पाएनन् । बाल्यावस्थामा पनि मानवसेवाको त्यो ‘जुनून्’ देखेर शिक्षकले उनलाई ‘असिस्टेन्ट डान्स टिचर’ को रुपमा मौका दिए । यसरी ‘पकेट मनी’को जुगार भएपछि उनको सामाजिक कार्यले पखेटा हाल्यो ।  

मीठो खाने, राम्रो लाउने, घुमघाम गर्ने आम किशोरहरूको सपनाको दुनियाँबाट आफूलाई अलग गरेकी उनले अरुका लागि खाने, ओत लाग्ने व्यवस्थापनमा लागिन् । नेपाल स्नेही काख दर्ता गरेर त्यसको अध्यक्ष भइन् । नेपाल स्नेही काख अहिले ७० जना भन्दा बढीको घर बनेको छ । ६२ जनालाई पारिवारिक मिलन गराई त्यहाँबाट घर पठाइसकिएको छ । थिएटर आर्टिस्टसमेत रहेकी हाल सामाजिक अभियन्ताको रूपमा परिचित उनै श्रीनेहा पोखरेलले आफ्नो जीवनको आरोह अवरोह रातोपाटीसँग साटेकी छिन् । 

त्यो आँसु...

जेम्स स्कूलमा असिस्टेन्ट डान्स टिचरको रूपमा काम पाएपछि उनी केही पैसा कमाउन सक्ने भइन् । त्यसपछि ती दाइलाई प्रत्येक दिनजसो मिनरल वाटर, चकलेट, बिस्कुट किनेर दिन थालिन् । 

एकदिन उनले ती दाइलाई ‘के खान मन लागेको छ ?’ भनेर सोधिन् । ती व्यक्तिले ‘भात’ भने । उनी घर गएर खाना बनाइन् । जाडो महिना थियो, खानासँगै जगमा पानीसमेत लिएर गइन् । खाना खानलाई हात धुन भनिन् तर उनले जानेनन् । आफैले धोइदिइन् । ती व्यक्ति भावविह्वल भए । आँखाबाट सहस्र धारा खसाले । ‘त्यो आँसु मलाई अहिले पनि असामान्य लाग्छ । अहिले पनि मलाई त्यो आँसुले बिझाउँछ,’ उनले विगत सम्झिइन् । 

एकदिन कालभैरव दर्शन गर्न जाँदा एक महिला नग्न अवस्थामा देखिन् । हतारिँदै डस्टबिनमा लुगा छ कि भनेर खोजिन्, भेटिन् र लगाइदिइन् । ती महिलालाई आफूसँगै ल्याइन् । यस्तै,  बालुवाटारमा एक अर्धनग्न महिला कीरा परेर कुहिएको कुकुरको मासु खाइरहेको देखेपछि उद्धार गरिन् । 

कठ्याङ्ग्रिँदो रात...

उनले ती व्यक्तिको आफ्नै तवरले हेरविचार गरिरहेकी थिइन् । यसरी नै दुई वर्ष बिते । एकदिन उनी एक पार्टीबाट फर्किरहेकी थिइन् । ती दाइ कता छन् भनेर आँखा डुलाइन् । कठ्याङ्ग्रिँदो रातमा कक्रक्क परेर सुतिरहेको देखिन् । त्यो दृष्य हेर्नै सकिनन् । उनलाई तुरुन्त उद्धार गर्ने संकल्प लिइन् । त्यतिबेला उनी बल्ल १६ वर्ष पुगेकी थिइन् । 

अर्को दिन भाइको मद्दतले नुहाइदिइन् । कुनै हजामले कपाल काटिदिन नमानेपछि आफैले काटिदिइन् । अब उनी ती व्यक्तिको अभिभावक बनिन् । उपचार गर्ने ठाउँमा मासिक १० हजार तिरेर राखिन् । 

बाटोमा नग्न महिला देख्दा स्तब्ध

उनी कलाकार बन्ने सपना बोकेर हिँडिरहेकी थिइन् । उनको मनभित्रको जिद्दीपनले पनि यसैमा करियर स्थापित गर्न भन्थ्यो । मोडलिङ, थिएटर, डान्स टिचरको आफ्नो काममा अघि बढिरहेकी थिइन् । यसमार्फत् उनको आम्दानी पनि राम्रै हुन थाल्यो । मासिक ६० हजारसम्म कमाइ हुन थाल्यो, त्यससँगै नाम पनि ।

तर उनको मनको भित्री पानामा सामाजिक कार्य गर्ने अभियान गडिएर बसेको थियो । यसबारे उनले कसैलाई केही भनेकी थिइनन् । आफूले अझै दुइ तीन जनाको उद्धार गर्न सक्छु होला भन्ने आँट भने लिएकी थिइन् । 

५० वर्षकी एक कुँजिएकी आमालाई उद्धार गर्दाको स्थितिबारे वर्णन गर्दा उनका आँखा रसाउन थाल्छन् । उनी भन्छिन्, ‘उहाँको शरीरभरी घाउ थिए । नपाकेको कुनै ठाउँ थिएन । त्यही आमा पनि हरेक रात पाँच,  छ जना पुरुषबाट बलात्कृत हुनुहुँदो रहेछ, म जाने बित्तिकै ‘भगवान आउनुभएको हो, मलाई लिएर जानु न’ भन्नुभयो ।’

एकदिन कालभैरव दर्शन गर्न जाँदा एक महिला नग्न अवस्थामा देखिन् । हतारिँदै डस्टबिनमा लुगा छ कि भनेर खोजिन्, भेटिन् र लगाइदिइन् । ती महिलालाई आफूसँगै ल्याइन् । यस्तै,  बालुवाटारमा एक अर्धनग्न महिला कीरा परेर कुहिएको कुकुरको मासु खाइरहेको देखेपछि उद्धार गरिन् । 

यसरी नै एक दुइ तीन गर्दै हेर्दाहेर्दै उनी १० जना सडक व्यक्तिको अभिभावक भइन् । अभिभावकले उनलाई हेर्नुपर्ने बेला उनी पो अभिभावक भइन् । सबै व्यवस्थापन हेर्दै उनीहरुलाई बिहान बेलुका भेट्न जाने उनको रुटिन बन्यो । यता धेरैको अभिभावक बनेपछि कलाकारितामा कसरी जम्ने भन्दा पनि ती व्यक्तिहरुका लागि रकम कसरी जोहो गर्ने भन्ने चिन्ताले उनलाई गाल्न थाल्यो । 

बेवारिसे महिलाको बच्चा जन्मिएपछि...

मूलपानीमा एकजना बेवारिसे महिलालाई सुत्केरी व्यथा लाग्यो भन्ने श्रीनेहालाई खबर आयो । उनका गोडा उतै लम्किए । सुत्केरीलाई तत्काल अस्पताल लिएर गएको त्यो दिन स्मरण गर्दै उनले भनिन्, ‘उहाँलाई अस्पताल लगेपछि दुर्गन्धका कारण माहौल नै बिग्रियो । नवजात बच्चालाई ओढाउने कपडासमेत थिएन । अनि, आफूले ओढेको सलले बेरें ।’

उनले आमा–बच्चा दुबैलाई लिएर आश्रम फर्किइन् । अहिलेसम्म बयस्क महिला, पुरुषको मात्रै अभिभावक बनेकी उनको काँधमा अब त ‘आमा’ को जिम्मेवारी पनि थपियो । उनी आफै १६–१७ वर्षकी अल्लारे थिइन्, बच्चाबारे के ज्ञान र ? ‘नुहाउँदा चिसो लाग्ने हो कि ?’ बच्चालाई केही हुने हो कि भन्ने डरले उनलाई हरदम सताइरह्यो । 

आमा र बच्चालाई समेत आश्रय दिएर ११ जनाको अभिभावक बनिरहेकी उनले अब काम गर्ने अवस्था रहेन । किनकी जन्म दिने आमाले स्याहार्न सक्ने अवस्था नभएपछि बच्चा सधैं उनकै साथमा हुन्थ्यो । उनी भन्छिन्, ‘यहाँसम्म कि कहिलेकाहीँ त ट्वाइलेट जाँदा पनि बच्चा बोकेर जानुपर्ने स्थिति थियो ।’

सबैलाई पैसा तिरेर अन्यत्र राख्ने अवस्था नभएपछि उनले ठाउँ खोज्न सुरु गरिन् । तर, मानसिक रोगीलाई राख्न जग्गा भाडामा चाहियो भन्दा कसैले पनि मानेनन् । अन्तिममा कुसुन्तीमा एउटा जग्गा त पाइयो तर फोहोर फ्याँक्ने डम्पिङ साइटजस्तो थियो । त्यसलाई सरसफाइ गराएर आफ्ना ‘छोरा–छोरी’ राख्ने अस्थायी टहरा बनाइन् ।  

न्याप्किनमा पोको पारेर ल्याएको मासु

परिवार बढे तर आम्दानीको स्रोत ठप्पै भयो । गुजारा चलाउन श्रीनेहाले आफ्ना गरगहना बेचिन् । उपहारस्वरुप आएका स–साना मुन्द्रा, चुराहरु बेचिन् । तर एकदिन त्यो पनि सिद्धियो । उनलाई लाग्थ्यो, समस्या परे त साथीभाइले पनि केही सहयोग गर्लान् नि, तर उदार मन भएका कोही फेला परेनन् ।

व्यस्त काठमाडौं महानगरमा जो कोहीलाई पनि गन्तव्यमा पुग्न हतार हुन्छ । तर, श्रीनेहालाई आफ्नो गन्तव्यमा पुग्न कहिल्यै हतार हुन्न । किनकी उनका पदचापले पछ्याइरहेका हुन्छन्, अन्य गन्तव्यहीन मानवलाई, जो सडकमा बेवारिस हुन्छन् । लाग्छ, ती तमाम बेवारिसहरूको वारिस बन्नलाई भगवान्ले उनलाई पठाइ दिएका हुन्, एक स्वप्नील परीको रूपमा, फ्लोरेन्स नाइटिंगेलको रूपमा ।

एकदिन उनकी देवी छोरीले ‘मासु खान मन लाग्यो आमा’ भनिन् । चामल जुटाउन गाह्रो भइरहेका बेला मासु कसरी ल्याउने ? मैले तत्काल सकिनँ,’ श्रीनेहाले चिसो सुस्केरा हाल्दै भनिन् ।

अजिंगरको आहरा दैवले पुर्याउँछ भनेझैं दुई चार दिनपछि श्रीनेहालाई विवाह भोजको निम्तो आयो । छोरीको ‘मासु खान मन लाग्यो आमा’ भन्ने वाक्यले भटाभट न्याप्किनमा मासु पोको पारिन् । घर फर्किएपछि मासुबाट न्याप्किनका टुक्रा झिकेर, त्यसमा झोल हालेर खुवाएको दिन उनको स्मृतिमा ताजै छन् । 

बच्चाहरुलाई न्याय नभएको चिन्ता

सुरुवाती दिन स्मरण गर्दै उनी लामो सुस्केरा हाल्दै भन्छिन्, ‘उद्धार हुनुअघि हिजो मेरा छोराछोरीहरु फोहोरको थुप्रोमा, दिसा पिसाबको बीचमा खाना खोजिरहेका हुन्थे । तर अभावमा मैले पनि कुहिएको तरकारीभित्र सद्दे तरकारी खोज्दा मेरा बच्चाहरुलाई न्याय दिन सकिनँ कि जस्तो लाग्थ्यो ।’ 

‘औषधी खान दिन नसक्दा झन् समस्या हुन्थ्यो । कसैलाई सिजोफ्रेनिया, कसैलाई एन्जाइटी अनेक थरीका रोग । औषधी खान नपाउँदा हाँस्ने बिरामी हाँसेको हाँस्यै, रुने बिरामी रोएको रोयै गर्ने ।’ यस्तोमा श्रीनेहा निकै उदास मुद्रामा थिइन् । उनकी आमाले ‘के भयो नानी ?’ भनेर सोध्दा ‘मेरा बच्चाहरुले औषधी खान पाएनन् आमा’ भनिन् । आमाले सर्लक्कै पैसा दिँदा उनी फुरुङ्ग भइन् । औषधीको समस्या समाधान भयो ।

कुँजिएकी आमा हरेक दिन बलात्कृत

५० वर्षकी एक कुँजिएकी आमालाई उद्धार गर्दाको स्थितिबारे वर्णन गर्दा उनका आँखा रसाउन थाल्छन् । उनी भन्छिन्, ‘उहाँको शरीरभरी घाउ थिए । नपाकेको कुनै ठाउँ थिएन । त्यही आमा पनि हरेक रात पाँच,  छ जना पुरुषबाट बलात्कृत हुनुहुँदो रहेछ, म जाने बित्तिकै ‘भगवान आउनुभएको हो, मलाई लिएर जानु न’ भन्नुभयो ।’

उनी थप्छिन्, ‘एक त मनोरोगी, त्यसमाथि जिउभरी घाउ नै घाउ, हिँड्न नसक्ने । त्यही भएर एकजना पुरुषले घिसारेर एकातिर बलात्कार गर्ने, अर्को पुरुषले घिसारेर अर्कोतिर लिएर जाने, बलात्कार गर्ने । ती आमालाई अस्पताल लगेर पिसाब जँचाउन खोज्दा पिप मात्रै आएको थियो ।’

क्यान्सर लागेकी एक महिलाबारे जानकारी दिँदै उनले भनिन्, ‘वर्ष दिनअघि उद्धार गर्दा उहाँ रगताम्मे हुनुहुन्थ्यो । सुरुमा महिनावारी भएको होला भन्ने लाग्यो । मानसिक औषधी खुवायौं । तर रक्तश्राव रोकिएन । जँचाउन लैजादाँ, उहाँको पेटमा बच्चा मरेर दुई वर्षदेखि कुहिरहेको रहेछ । उहाँलाई अन्तिम चरणको क्यान्सर भइसकेको थियो । डाक्टरलेसमेत आश मारिसेकका उहाँको अब अन्तिम केमोमात्रै बाँकी छ ।’ ती रोगीबारे बताइराख्दा उनको मुहार धपक्क बल्यो ।  

अझै पनि अभाव

कुसुन्ती हाइटमा ठाउँ नपुगेर धापाखेलमा नेपाल स्नेही काखले आश्रयस्थल बनाएको छ । उनकोमा आश्रित परिवारलाई अहिले खानाको जोहो गर्न खासै समस्या छैन । जन्मदिन, एनिभर्सरी मनाउन आउनेहरुले चामल, तरकारी, खानेकुरा सहयोग गर्छन् । कतिले आर्थिक सहयोग पनि गर्छन् । तर, कहिलेकाँही घरभाडा, औषधीमूलो, बच्चाहरुको स्कूलको शुल्कलगायतका खर्च जुटाउन समस्या हुन्छ । 

स्नेही काखले घर फिर्ता पठाइसकेका आफ्ना सबै सदस्यलाई २–३ महिनाको अन्तरालमा हालखबर बुझ्ने गरेको छ । उनले पहिलो पटक उद्धार गरेका व्यक्तिको अवस्था हाल निकै राम्रो रहेको समाचारले उनलाई प्रफुल्लित तुल्याउँछ । अहिले उनी लेलेस्थित आफ्नो घरमा परिवारसँग सुखी जीवन बिताइरहेका छन् । ती ‘दाइ’ ले श्रीनेहालाई व्यक्तिगत रुपमा पनि फोन गर्छन् । 

अर्को श्रीनेहा जन्मिन नपरोस्

काठमाडौं महानगरपालिकाले मानवमुक्त सडक घोषणा गरेको छ । तर अझै पनि बेवारिस अवस्थामा भेटिनेहरु बगे्रल्ती छन्, जो श्रीनेहाको जस्तो न्यानो मायाको पर्खाइमा छन् । उनी भन्छिन्, ‘सरकारले नै गरेको खण्डमा त धेरै राम्रो भइहाल्यो नि । कसैलाई पनि सडकमा भौतारिन नपरोस् ।’ तर सरकारले खासै केही ठोस काम गर्ला भनेर उनी आशावादी छैनिन् ।

छुट्टिनुअघि उनले आफ्नो सपना ‘शेयर’ गरिन्, ‘कसैको परिवारमा कुनै सदस्यलाई डिप्रेसन छ भने तिनलाई बेवास्ता नगरियोस् । कसैलाई घर छाड्ने, फोहोरको थुप्रोमा खाना खोज्नुपर्ने बाध्यता नआइपरोस् । मेरो देशमा यस्तो अस्पताल खुलोस्, जहाँ मनोरोगी घरैबाट निको हुने वातावरण बनोस् । कसैको उद्धारको लागि फेरि फेरि अर्को श्रीनेहा जन्मिन नपरोस् ।’

ब्यस्त काठमाडौं महानगरमा जो कोहीलाई पनि गन्तव्यमा पुग्न हतार हुन्छ । तर, श्रीनेहालाई आफ्नो गन्तव्यमा पुग्न कहिल्यै हतार हुन्न । किनकी उनका पदचापले पछ्याइरहेका हुन्छन्, अन्य गन्तव्यहीन मानवलाई, जो सडकमा बेवारिस हुन्छन् । लाग्छ, ती तमाम बेवारिसहरूको वारिस बन्नलाई भगवान्ले उनलाई पठाइ दिएका हुन्, एक स्वप्नील परीको रूपमा, फ्लोरेन्स नाइटिंगेलको रूपमा ।

नजन्माएका ‘लालाबाला’

धेरैले उनको उद्धार कार्यलाई ‘रहरले गरेको, दुईचार दिन त हो नि’ भनेर मजाक उडाए । तर उनी यसमा अहोरात्र लागिरहिन् । कसैलाई वास्ता नगरी, कसैको नानाथरी कुरा नसुनी । कलाकारिता गर्न अझै पनि आफूसँग समय छ कि जस्तो उनलाई अनुभूति हुन्छ । तर कसैलाई पनि बाटोमा बेवारिस देख्न नपरोस् भन्नेमा केन्द्रीत उनको समाजसेवी मनलाई कलाकारिता मनले कसैगरी जित्न सक्तैन । 

उमेरमै घरजम गर्ने कसको पो रहर हुन्न र ? तर श्रीनेहाले आफ्नो बिहेको कुरा टार्दै आएकी छिन् । घरमै माग्न आउँदा पहिले पहिले आमाले निकै दवाव दिइन् । तर अब त आमाले पनि कर गर्न छाडेकी छिन् । अब त उनकी आमालाई पनि लाग्न थालेको छ, छोरीले घरजम गरे तिनका नजन्माएका ‘लालाबाला’को हालत के होला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप