खुकुरी रमको दाबी : नयाँ प्याकेजिङले पारखीहरूको ध्यान खिच्यो
नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको खुकुरी रमले दाबी गरेको छ । ६२ वर्षयता उत्पादन भइरहेको खुकुरी रमका उपभोक्ताले अन्तरराष्ट्रिय स्तरको स्वरूपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरू दिइरहेको पनि उत्पादक कम्पनीले जनाएको छ ।
खुकुरी रमको नयाँ प्याकेजिङमा नेपालको मौलिकता झल्किने केही विशेषताहरू थपेको नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले बताए । उनका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।
यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरूको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछानेले दाबी गरे । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनको तर्क छ ।
स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरूलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने पनि कम्पनीले दाबी गरेको छ । नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरूको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।
खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरू उत्साहित देखिएका बिक्रेताहरू बताउँछन् । उनीहरू खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरूका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई