बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्यायो

बुधबार, १५ मङ्सिर २०७८, २१ : ४०
बुधबार, १५ मङ्सिर २०७८

संसारमै सबैभन्दा चाँडै १० करोड थान फोन बिक्री गर्न सफल र नेपालमा आक्रामक बजार विस्तार गरेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो फिफ्टीआई र नार्जो फिफ्टीए सार्वजनिक गरेको हो ।

कुनैपनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने रियलमीले दाबी गरेको छ । नार्जो फिफ्टीए (चार जीबी, ६४ जीबी) को मूल्य १९ हजार ४९९ रुपैयाँ र चार जीबी, १२८ जीबीको मूल्य २१ हजार १९९ रुपैयाँ तोकिएको छ । 

यस्तै, नार्जो फिफ्टीआई (दुई जीबी, ३२ जीबी) को मूल्य १२ हजार ९९९ र चार जीबी, ६४ जीबीको मूल्य १५ हजार ४९९ रुपैयाँ कायम गरिएको छ । मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्वित भएको बताए छौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप