शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ प्रतिशत नबिल डिबेन्चर, २०८५ सूचीकरण सम्झौता

बुधबार, १५ मङ्सिर २०७८, २१ : २५
बुधबार, १५ मङ्सिर २०७८

नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ताथान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरेका छन् । 

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति गत साउन १० गते आह्वान गरी साउन ३१ गते बाँडफाँट गरेको थियो । सूचीकृत ८ प्रतिशत नबिल डिबेन्चर २०८५ (NBLD85) को दोश्रो बजारको कारोबार भोलि मिति २०७८/०८/१६ देखिबाट नेप्सेमा शुरू हुनेछ । सात वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० गते हुनेछ ।

नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी र रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरूको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौतासमेत गरिएको छ । 

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप