बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको अध्यक्षमा नवराज दाहाल

बुधबार, १५ मङ्सिर २०७८, २१ : ११
बुधबार, १५ मङ्सिर २०७८

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको अध्यक्षमा नवराज दाहाल  निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा भएको पहिलो अधिवेशनले दाहाललाई निर्विरोध अध्यक्ष चयन गर्दै ४१ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन मण्डलका अध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा सागर पन्त चुनिएका छन् । यसैगरी उपाध्यक्षमा  लोकेश लिम्बु,श्याम तण्डुकार, आनन्द पुन चयन भएका छन् ।

यसैगरी मुख्य सचिव फणिन्द्र फुयाल, सचिव बिनोद दाहाल, राजेन्द्र बराल,भिमराज खड्का,रोजिना थापा,जमिन राई र प्रदिप मण्डल निर्विरोध चयन हुँदा कोषाध्यक्ष वीरबहादुर लामा चुनिएका छन् । प्रेस सेन्टर उपत्यका प्रदेशको उद्घाटन माओवादी केन्द्र बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप