काँग्रेस महाधिवेशन : स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिलाई पूर्णता (सूचीसहित)
नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको गत कार्तिक २८ गते बसेको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘१४ औं महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ गठन गरेको थियो ।
उक्त समितिलाई पूर्णता दिइएको सचिव प्रकाश शर्माले जनाएका छन् । शर्माका अनुसार समितिमा १६ जनालाई सदस्यको जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डिला संग्रौला छन् । यस्तै, आमन्त्रित केन्द्रीय सदस्यद्वय बालकृष्ण पाण्डे र आनन्द (गोरख) विस्ट पनि सदस्यमा मनोनित भएका छन् ।
समितिका अन्य सदस्यमा सांसद दिव्यमणि राजभण्डारी, संविधानसभा सदस्य राजीवविक्रम शाह, प्रभु बुढाथोकी, दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङछिरिङ शेर्पा र रामशरण थपलिया छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ