शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली बिलबुक बनाएर चोरीको मोटरसाइकलमा सरर

बुधबार, १५ मङ्सिर २०७८, १८ : ४६
बुधबार, १५ मङ्सिर २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।  महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने वर्ष ३० को दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार - ९ बस्ने वर्ष २५ को नबीन कोइरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 
उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि उनले बताए ।
पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा वडा नं. ३२ जडीबुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । 
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप