बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध’

बुधबार, १५ मङ्सिर २०७८, १८ : २०
बुधबार, १५ मङ्सिर २०७८

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गरे ।  कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पु¥याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे । 

मन्त्री यादवले कृषिमा उत्पादन बढाउनका लागि सरकारले सबै प्रदेशमा माटो परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि स्मरण गराए । 

मन्त्री यादवले कृषि क्षेत्रनै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताउ । उनले नेपालमा नयाँ विऊविजनको आवश्यक व्यवस्था मिलाउने अवस्था अझै बनिनसकेको स्विकार गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप