बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित ३ जना पक्राउ

बुधबार, १५ मङ्सिर २०७८, १७ : ००
बुधबार, १५ मङ्सिर २०७८

चितुवाको छाला सहित प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र  विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ ।

मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए । उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप