शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा नेपालको मधेस प्रदेश समिति अध्यक्षमा रामबाबु यादव

बुधबार, १५ मङ्सिर २०७८, १६ : ५२
बुधबार, १५ मङ्सिर २०७८

 जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेश समितिको पदाधिकारी चयन गरेको छ । जसपा नेपालका प्रदेश समितिका पूर्व अध्यक्ष विजयकुमार यादवले बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा प्रदेश सांसद रामबाबु कुमार यादवलाई चयन गरिएको घोषणा गरे ।

प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका विजयकुमार यादवले अध्यक्षसहित प्रदेश समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका हुन् । प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् ।

यस्तै, मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवत्रयमा युसुफ अली, निरा साह र शैलेशकुमार साह छन् भने कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ । यी पदाधिकारीहरुले समितिलाई पूर्णता दिने पनि पूर्व अध्यक्ष यादवले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप