राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने पनि बताए ।
अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा जुटेको चर्चा गर्दै उनले यो अभियानमा आत्मकेन्द्रित भएरमात्र नभइ आर्थिक विकासको अभियानमा क्रियाशील हुन चाहेको बताए । उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’
पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने उनले बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ, एक ठाउँमा उभिएका नहुन सक्छौं तर हाम्रो गन्तव्य एउटै हुनुपर्छ ।’
मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै उनले राप्रपालाई देश र जनताको समृद्धितर्फको यात्रामा लाग्न सुझाव दिए । उनले भने, ‘हामी राजनीतिक विचारमा जो जुनसुकै ठाउँमा उभिएका हौं, देशभन्दा ठुलो अरु हुन सक्दैन । देश हाम्रोलागि सर्वोपरि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण