राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने पनि बताए ।
अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा जुटेको चर्चा गर्दै उनले यो अभियानमा आत्मकेन्द्रित भएरमात्र नभइ आर्थिक विकासको अभियानमा क्रियाशील हुन चाहेको बताए । उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’
पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने उनले बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ, एक ठाउँमा उभिएका नहुन सक्छौं तर हाम्रो गन्तव्य एउटै हुनुपर्छ ।’
मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै उनले राप्रपालाई देश र जनताको समृद्धितर्फको यात्रामा लाग्न सुझाव दिए । उनले भने, ‘हामी राजनीतिक विचारमा जो जुनसुकै ठाउँमा उभिएका हौं, देशभन्दा ठुलो अरु हुन सक्दैन । देश हाम्रोलागि सर्वोपरि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण