शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्प्राइट किनेका चार जनाले पाए बजाज पल्सर मोटरसाइकल

बुधबार, १५ मङ्सिर २०७८, १६ : १७
बुधबार, १५ मङ्सिर २०७८

लेमन–लाइम पेय पदार्थ स्प्राइट किनेका चार जनाले बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल पाएका छन् । ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षक क्याम्पेनअन्तर्गत स्प्राइटले चार जना विजेतालाई मोटरसाइकल उपलब्ध गराएको हो ।

बोट्लर्स नेपालका च्यानलमार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । विराटनगर, चितवन र हेटौँडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने बोटलर्स नेपालले जानकारी दिएको छ ।

यस्तै, यो अभियानअन्तर्गत पाँचजना विजेताहरूलाई ४३ इञ्चको सामसङ टेलिभिजन र २६३ विजेताहरूलाई सामसङ  मोबाइल प्रदान गरिएको छ । पर्सा, वीरगन्ज, धरान र ताप्लेजुङ लगायत देशभरबाट उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरूबाट विजेताहरू छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बजाज पल्सर विजेता सौगात पुलामीले आफूले पहिलोपटक मोटरसाइकल पाएको भन्दै स्प्राइट नेपाललाई धन्यवाद दिए । यो अभियान सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सन्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप