शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेको पहिलो ‘सीड्स फर द फ्युचर’ कार्यक्रमको सुरु

बुधबार, १५ मङ्सिर २०७८, १६ : १२
बुधबार, १५ मङ्सिर २०७८

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन समारोहको आयोजना गरेको छ । ह्वावेले आफ्नो ग्लोबल फ्ल्यागशिप कार्यक्रम अन्तरगत नेपालका आईसीटी सम्बन्धि स्नातक तहका विद्यार्र्थीका यो कार्यक्रम सुरु गरेको हो ।

यो वर्ष ह्वावेले नेपालमा कार्यक्रम लगायतको पहिलो वर्ष हो । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट नौ हजारभन्दा बढी विद्यार्थीले कार्यक्रममा सहभागी भइसकेका छन् ।

अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपाल भरबाट १३६ आवेदन प्राप्त गरेको थियो । जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटिले २० स्नातक विद्यार्थी छनोट गरेको छ । जसमा काठमाडौ ंउपत्यका बाहिरका ४ जना छन् । जसले ८ दिने अनलाइन प्रशिक्षणमा भाग लिनेछन् । 

उनीहरुले घान्द्रुकमा ह्वावेले निर्मिाण गरेको स्टेशन भ्रमण गर्ने छन् भने उद्योग विशेषज्ञको कक्षामा उपस्थित हुन पाउने छन् । उनीहरूले विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् । उक्त प्रतिस्पर्धाबाट २० हजार अमेरिकी डलर समेत जित्न सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप