बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री पौडेलबाट दरबार हाइस्कुलको अनुगमन

बुधबार, १५ मङ्सिर २०७८, १६ : ०९
बुधबार, १५ मङ्सिर २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बुधबार जमलस्थित दरबार हाइस्कुलको अनुगमन गरेका छन् । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले सरकारी विद्यालयहरूको अनुगमनको काम सुरु गरेको जनाए । 

उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिने बताए । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरूसँग आग्रह गरे । 

सो अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप