आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपा फुट्योः नेकपा (क्रान्तिकारी) पार्टी गठन

विप्लवलाई धोकेवाजको संज्ञा
बुधबार, १५ मङ्सिर २०७८, १६ : ०६
बुधबार, १५ मङ्सिर २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा फुट आएको छ । सो पार्टी विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिएको हो ।

‘विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेकाले नेकपा (क्रान्तिकारी) गठन गर्नुपरेको हो,’ कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले भने ।

उनले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमत संग्रहबाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्नपर्ने धारणासमेत राखे ।

नवगठित पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको छ । पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप