शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

र्‍यापर साकारले गरे वर्ल्ड टुरदेखि कन्सर्टसम्मको घोषणा

बुधबार, १५ मङ्सिर २०७८, १६ : ००
बुधबार, १५ मङ्सिर २०७८

‘लिटिल बुद्ध’ का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि नयाँ एल्बमका साथ देखिएका छन् । उनले ‘ड्रागन वर्ल्ड’ एल्बम भर्खर सार्वजनिक गरेका हुन् । केही अगाडि उनले ‘इपी ड्रागर फायर’ नामक एल्बम ल्याएका थिए ।

एल्बम सार्वजनिक गर्दै गायकले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्‍यापर , गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । आगामी ४ डिसेम्बरमा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट समेत आयोजना गर्दैछन् । उनी तीन वर्षपछि फेरि कन्सर्टमा देखिन लागेका हुन् ।

‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानिज मनोरञ्जन उद्योग, युरोपियन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भने । साकारको वर्ल्ड टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप