बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लोसपाभन्दा जसपाको सदस्यता शुल्क १० गुणा महँगो

बुधबार, १५ मङ्सिर २०७८, १५ : ५९
बुधबार, १५ मङ्सिर २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा) को सदस्यता शुल्क १० गुणा महँगो देखिएको छ । जसपाले साधारण सदस्य शुल्क एक सय रुपैयाँ तोकेको छ भने लोसपाले मात्र दस रुपैयाँ निर्धारण गरेको छ । जसपाको नियमावली २०७८ मा सदस्यता आवेदन स्वीकृत भएपछि वार्षिक सदस्यता शुल्क वापत एक सय रुपैयाँ तिरी सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ । त्यस्तै, लोसपाको नियमावलीमा पार्टी विधानअनुसार साधारण सदस्य बन्न योग्य र इच्छुक व्यक्ति सदस्यता शुल्क दस रुपैयाँ तिरी पार्टीको साधारण सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ ।

लोसपाले सक्रिय सदस्यता शुल्क र नवीकरण शुल्क वार्षिक ५० रुपियाँ तोकेको छ भने जसपाको नवीकरण शुल्क वार्षिक एक सय रुपैयाँ रहेको छ । जसपा नेपालको लेभीको हकमा पार्टीका कुन सदस्यले कति शुल्क दिनुपर्ने नियमावलीमा उल्लेख छैन प्रत्येक पार्टी सदस्यले बार्षिक सदस्यता शुल्क र मासिक लेभी (विशेष शुल्क) बुझाउनुपर्ने उल्लेख छ । तर लोसपाले पार्टीबाहेकका सरकारी, अर्धसरकारी एवम् गैरसरकारी निकायमा पद प्राप्त गर्ने व्यक्ति पार्टीका सदस्यहरुको भ्रमण भत्ता, घर भत्ताबाहेक अन्य पारिश्रमिक, भत्ता रकम आदिको कम्तीमा १० प्रतिशत लेभी अनिवार्य रुपले पार्टी कोषमा जम्मा गर्नुपर्ने नियमावलीमा उल्लेख गरेको छ ।

त्यस्तै, पार्टी सदस्यहरुले आफ्नो खुद आयको एक प्रतिशत लेभी पार्टी कोषमा जम्मा गर्ने कार्यलाई पार्टी हितअनुकूल हुने ठहर गरेको छ । त्यस्तो सदस्यलाई पार्टीद्वारा मनोनित हुने पदको लागि प्राथमिकताको थप आधार मानिने लोसपाको नियमावलीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप