राजनीतिक विकास त भयो तर विकासका लागि राजनीति भएन : डा.लोहनी
राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक इतिहासमा भएका परिवर्तनले राजनीतिक विकास भए पनि विकासका लागि राजनीति हुन नसकेको बताएका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संसारकै उत्कृष्ट संविधान हुँदा पनि नेपालको विकास हुन नसकेको बताए ।
उनले अहिले देश कठिन अवस्थामा भएकै कारण जनताले राप्रपाको आवश्यकतालाई महसुस गर्न थालेको पनि बताए । उनले देशको संविधान संसारकै उत्कृष्ट भए पनि त्यसअनुसार जनताले प्रतिफल हासिल गर्न नसकेको बताए । ‘नेपालको संविधानमा नभएका अधिकार अरु कुनै संविधानमा छैन,’ उनले भने, ‘संसारका उत्कृष्ट संविधान बनायौं भनेर घोषणा ग¥यौ । राजनीतिक विकास त भयो तर विकासका लागि राजनीति भएन ।’
देशमा राजनीतिक स्थिरता नभएको भन्दै उनले ५ वर्ष शासन गर्छु भनेर आएको सरकार आफ्नै कारणले टुटेर गएको बताए । ‘विकास यति प्रतिशत भयो भनेर दाबी गरे पनि गुणस्तरीय विकास भएको छैन,’ उनले भने, ‘केही नेपाली धनी भएका छन्, तर ३० औं लाख, ४० औं लाख युवाहरु मरुभूमिमा पसिना बगाएर बसिरहेका छन् ।’
समाज परिवर्तनको क्रममा ध्रुवीकरण हुने गरेको उनले सुनाए । ‘यो देशले मलाई समान नागरिकको व्यवहार गरिरहेको छैन भन्ने सोच्न थालेपछि राज्यप्रति नकारात्मक धारणा बन्न सक्छ,’ उनले भने, ‘देशमा एकीकरणका शक्ति पनि हुन्छन् जसले हाम्रो समाजलाई जोड्छ । यिनै दुई शक्तिले राष्ट्रको भविष्य निर्माण गर्छ ।’
नेपालमा समाजलाई एकीकरण गर्ने शक्तिका रुपमा राजसंस्थालाई लिइएको उनले बताए । उनले अग्रगमनका नाममा समाजलाई विखण्डन गराउने काम भएको पनि गुनासो गरे । ‘के हो अग्रगामी भनेको ? अर्काको देशमा भएको धर्मलाई उखेल्नु अग्रगामी हो ?’ उनले प्रश्न गरे, ‘जुन देशले आफ्ना धर्म गुरुलाई पैसा दिएर अर्का देशको धर्म परिवर्तन गराउन पठाउँछ, त्यो धर्मनिरपेक्षता हो ?’
जब राजनीति विकासका लागि हुँदैन, त्यो बेलामा समाजमा ध्रुवीकरण र वैमनश्य बढ्ने उनले बताए । प्रजातन्त्रको नाममा देशलाई एउटा बिर्ता सम्झिएर भागवण्डा हुन्छ भने देशमा ध्रुवीकरण बढाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण