बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फर्कियो सेयर बजार तर कारोबार बढ्न सकेन

बुधबार, १५ मङ्सिर २०७८, १५ : ३५
बुधबार, १५ मङ्सिर २०७८

लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा  ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो । 

गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा  एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो ।  यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।

५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।  यस दिन होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक ऋणात्मक भएका छन् भने अन्य सबै उपसूचक धनात्मक भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप