बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

बुधबार, १५ मङ्सिर २०७८, १५ : १९
बुधबार, १५ मङ्सिर २०७८

जनकपुरमा २२ मंसिरदेखि आयोजन हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएको छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्र बिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ ।

जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए । 

विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाईमा जोड दिएको हो । केही दिनअघि सरसफाई कर्मचारी र केही वडाअध्यक्षबीच विवाद भएपछि नियमित सरसफाइ रोकिएको थियो । कर्मचारीहरू सरसफाई रोकेर आन्दोलनमा उत्रेपछि जनकपुर दुर्गन्धित बनेको थियो । मेयर साहलगायत केही वडाध्यक्षले पछि काममा फर्कन आग्रह गरेपछि सोमबारदेखि कर्मचारीले काम थालेको हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप