मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ शुरु, यात्रुले पैसा तिर्नु नपर्ने

बुधबार, १५ मङ्सिर २०७८, १४ : ५६
बुधबार, १५ मङ्सिर २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बसे सेवा शुभारम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सटल बसको शुभारम्भ गरेका छन् । योसँगै अब आन्तरिक उडान तर्फ आउजाउ गर्ने यात्रुहरुले सजिलै त्यो पनि निःशुल्क सटल बसको उपभोग गर्न पाउने भएका छन् । बसले आन्तरिक टर्मिनल स्टेसनदेखि विमानस्थल प्रवेशद्धार ‘गोल्डेन गेट’सम्म निःशुल्क यातायात सेवा प्रभाव गर्नेछ ।

हाल विमानस्थलभित्र ट्याक्सी व्यवसायीहरुले मनलाग्दी भाडादर राख्दै यात्रु ठगिरहेको गुनासो बढेपछि बाध्य भएर आफुले सटल बस सेवाको शुभारम्भ गर्नुपरेको मन्त्री आलेले बताए ।  सो अवसरमा मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएपनि सो कार्य नरोकिएकाले यस्तो व्यवस्था गरिएको बताए । 

विमानस्थलबाट ट्याक्सी चढ्न हवाई भाडाभन्दा पनि महँगो भएको भन्ने यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सटल बसले विहान ६ बजेदेखि रातको ११ बजेसम्म सेवा दिनेछ ।

सोही अवसरमा मन्त्री आलले आजै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको समेत उद्घाटन गरेका छन् ।  विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप