शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

बुधबार, १५ मङ्सिर २०७८, १४ : ४९
बुधबार, १५ मङ्सिर २०७८

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । 
उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो  भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि थिएन।

उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप