मालपोत अधिकृत ५० हजार घूससहित पक्राउ
बुधबार, १५ मङ्सिर २०७८, १४ : ४१
मालपोत कार्यालय चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल घुससहित पक्राउ परेका छन् । अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई पक्राउ घूस रकमसहित पक्राउ गरेको हो ।
उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित मालपोत कार्यालयको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।