बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

संविधानमा व्यापक संशोधन आवश्यक : जसपा नेता अधिकारी

बुधबार, १५ मङ्सिर २०७८, १४ : ३५
बुधबार, १५ मङ्सिर २०७८

जसपा नेपालका नेता प्रकाश अधिकारीले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याएका छन् । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताए ।

उनले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्ट्रियतालाई कमजोर बनाउने प्रस्ट पारे । राष्ट्रियता बलियो बनाउनका लागि यस्ता विभेद अन्त्य हुनुपर्नेमा जोड दिए ।  राप्रपाको जारी महाधिवेशनले यस्ता विभेद, समाजमा आवश्यक आमुल परिवर्तनका दिशामा आफूलाई अघि बढाउन सकोस् भन्ने कामना पनि उनले गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप