मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आरएमडीसी लघुवित्तले लाभांशमा २५ करोड ८५ लाख रुपैयाँ बढी खर्च गर्ने

बुधबार, १५ मङ्सिर २०७८, १४ : ३२
बुधबार, १५ मङ्सिर २०७८

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले नाफापछिको चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यसअघि अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।  लघुवित्तले यसपटक २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशअनुसार लघुवित्तले २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बराबरको बोनस शेयर र ५ करोड १७ लाख ११ हजार ९७ रुपैयाँ बराबरको नगद गरी कुल २५ करोड ८५ लाख ५५ हजार ४८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् लगानीकर्तालाई वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप