बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कनेक्ट आईपीएसको शुल्क घट्यो, अब अधिकतम भूक्तानी ८ रुपैयाँमा नै गर्न सकिने

बुधबार, १५ मङ्सिर २०७८, १४ : १०
बुधबार, १५ मङ्सिर २०७८

नेपाल क्लियरिङ हाउसले मंसिर ७ गते बाट लागू हुनेगरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नयाँ कारोबार शुल्क अनुसार अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले जति पनि कारोबार अधिकतम ८ रुपैयाँमा गर्न सक्ने भएका छन् । अर्थात् कम्पनीले यसअघि कायम फन्ड ट्रान्सफर शुल्क घटाउँदै न्यूनतम २ रुपैयाँदेखि अधिकतम ८ रुपैयाँ कायम गरेको हो । 

परिवर्तित शुल्कअनुसार अब कम्पनीले रु. ५०० सम्मको भुक्तानीमा प्रति कारोबार २ रुपैयाँले शुल्क लिनेछ भने रु. ५०० भन्दा माथि रु. ५,००० सम्म प्रति कारोबार ४ रुपैयाँ र सो भन्दा माथि जति पनि भूक्तानी कारोबारमा जम्मा ८ रुपैयाँ शुल्क लिने जनाएको छ । 

यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब/मोबाइल एप, बैंक/वित्तिय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । 
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्धनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तिय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबार शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप