शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा राप्रपाले दियो मुख्यमन्त्री शाहीलाई समर्थन

बुधबार, १५ मङ्सिर २०७८, १३ : ५३
बुधबार, १५ मङ्सिर २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको छ ।  शाहीले मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) उपस्थित हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो । यद्यपि, आज पनि प्रतिपक्ष सहभागी हुन सकेन । 

आज प्रदेशसभामा सुरुमै बोल्दै राप्रपा सांसद शोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन दिने जनाइन् । स्मरणहोस, यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले समर्थन जनाएको थिएन । कर्णालीमा राप्रपाको एउटा मात्र सिट छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप