देउवा पक्षले भरत शाहलाई बनायो लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार
नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सभापतिको उम्मेदवारका रुपमा संस्थापन पक्षले भरत शाहलाई अगाडि सारेको छ । मंगलबार गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको संयोजकत्वमा बसेको संस्थापन पक्षका नेताहरु लुम्बिनी प्रदेश स्तरीय बैठकले शाहलाई सभापतिको उम्मेदवार बनाउने सहमति जुटाएको हो ।
शाहले रातोपाटीलाई भने , ‘लुम्बिनी प्रदेश सभापतिका लागि हाम्रो समूहमा मेरो नाममा सहमति भएको छ । अब प्रदेश सभापति म उम्मेदवार बन्ने पक्का भएको छ ।’
लुम्बिनी प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य देवेन्द्र राज कँडेल र काँग्रेस दाङका नेता राजु खनाल लगायतका नेता आकांक्षी थिए । गृहमन्त्री खाणले शाहलाई सभापतिको उम्मेदवार बनाउन जोड गरेपछि उनीहरु ब्याक भएका छन् ।
नेता कँडेललाई सभापतिको उम्मेदवार बनाउने सभापति शेरबहादुर देउवा इच्छा भएपनि खाणले साहको नाम अगाडि सारेपछि कँडेल आफै ब्याक भएका थिए । कँडेलले भने, ‘ सभापतिले त मलाई बनाउन चाहनुभयो थियो । तर बालकृष्णजीले भरत शाहलाई सभापतिको उम्मेदवारका रुपमा अगाडि सार्नुभयो । अनि मैले छोडिदिएँ ।’ कँडेलले शाहको नाममा समर्थन जनाएपछि खनाल पनि सहमत भएका थिए ।
गृहमन्त्री खाणले आफ्नो भाइ रामकृष्ण खाणलाई रुपन्देही काँग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत बनाउने क्रममा शाहले समर्थन जनाएका थिए । त्यसपछि खाणले साहलाई प्रदेश सभापतिमा उम्मेदवार बनाएको स्रोतको भनाइ छ । प्रदेश पदाधिकारीका उम्मेदवार छनोटका लागि यतिबेला रुपन्देहीस्थित गृहमन्त्री खाणको घरमा बैठक भइरहेको छ ।
भोलिसम्म सहमतिमै पदाधिकारीका उम्मेदवार पनि तय गरिने सभापतिका उम्मेदवार शाहले रातोपाटीलाई बताए । शाहले २०२७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनीतिक जीवन सुरु गरेका थिए । ०२८ मा उनी तरुण दल राप्ती अञ्चल सदस्य भएका उनी ०२९ मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापति भएका थिए ।
०२९ सालमा काँग्रेसको सदस्यता लिएर पार्टीको जिल्ला तहमा विभिन्न जिम्मेवारी सम्हालेका शाह ०४८ मा काँग्रेस महाधिवेशन प्रतिनिधि भएका थिए । ०५६ मा प्रत्येक्ष निर्वाचित सांसद बनेका उनी लगातार अहिलेसम्म सांसद नै छन् । पूर्व अर्थ राज्यमन्त्री भएका थिए ।
संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका शाह १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । पहिलो पटक काँग्रेसले बनाउन लागेको प्रदेश कार्यसमितिको नेतृत्वमा पुग्न शाले सभापतिका उम्मेदवारी दिँदै छन् । यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रोल्पाका पूर्व जिल्ला सभापति अम्मर पुनको दाबी छ । पौडेल समूहले समूहगत रुपमा अगाडि सारिसकेको भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा