अहिलेको कार्यशैलीले राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सक्दैन : राजेन्द्र लिङ्देन

राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका छन् । ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भने ।
उनले राप्रपालाई देशको देशको अग्रणी पार्टी बनाउने, देशलाई हिन्दुराष्ट्र पुनस्थापना गर्ने, सुशासन कायम गर्ने हो भने पार्टी नयाँ ढंगले जाने बेला आएको पनि बताए । पार्टीले बोकेको मुद्दा जिवित राख्नका लागि पनि नयाँ नेतृत्व जरुरी रहेको उनको भनाइ छ । पार्टीबाहिर एउटै विचार र आस्था राख्ने सबैलाई समेटेर अघि बढ्न्पर्ने आवश्यकता उनले सम्बोधनका क्रममा औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध