बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको ३९ पालिकामा नगर सम्मेलन

बुधबार, १५ मङ्सिर २०७८, १३ : ०७
बुधबार, १५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका  १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरद सिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । अझै ४९ पालिकामा भने नगर सम्मेलन भइरहेको भण्डारीले बताए ।  अध्यक्ष भण्डारीका अनुसार ७८ हजार २८५ पार्टी सदस्यता भएको यस प्रदेशमा यसअघि ७३१ वडामध्ये ६५२ वडामा वडा सम्मेलन सम्पन्न भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप