बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोहारपट्टीकी ३४ वर्षीया महिला मृत फेला

बुधबार, १५ मङ्सिर २०७८, १२ : ४९
बुधबार, १५ मङ्सिर २०७८

लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजारनजिकै फेला पारिएको हो । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबि मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक रुबीको शवलाई  घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप