शाक्यको ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक

कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच कृति सार्वजनिक गरे ।
कार्यक्रममा कुलपति केके कर्माचार्यले हस्तकलाको ऐतिहासिक महत्वलाई लेखकले पुस्तकमार्फत ल्याउन सफल भएको बताए । पुस्तकले नेपालको हस्तकलाको इतिहासदेखि वर्तमानसम्म चलेका र बनेका विषयको समेत यथेष्ट जानकारी दिएको उनको धारणा रहेको थियो । कुलपति कर्माचार्यले पछिल्लो समय प्रतिष्ठानले खोजमूलक ढंगले पुस्तक प्रकाशन गरिरहेको समेत जानकारी दिए ।
प्रतिष्ठानको हस्तकला विभागले प्रकाशन गरेको पुस्तकमाथि चर्चा गर्दै संस्कृतिविद् डा.गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा संवद्र्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए । उनले लेखक आफै कुशल शिल्पी, कला र संस्कृति विषयका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको बताए ।
कार्यक्रममा समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि समीक्षा गर्दै हस्तकलाका विविध पाटालाई बुझ्न र अध्ययन गर्न सार्वजनिक कृति निकै उपयोगी रहेको बताए । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरे, नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्य, प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलगायतले विमोचित कृतिको बिषयमा आफ्नो धारणा राखेका थिए ।
पुस्तकका लेखक तथा प्राज्ञ धर्मराज शाक्यले पुस्तक लेखनका क्रममा आफूले भोगेका विषयको उल्लेख गर्दै हस्तकलाको महत्व र नेपालको अर्थतन्त्रमा दिएको योगदानका विषयको चर्चा गरे । लेखक शाक्यले नेपालको अर्थतन्त्रमा वार्षिक १२ अर्बभन्दा बढीको व्यापारका हस्तकलाले योगदान दिइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी