ad
x

इजरायलको तेल अभिभ बन्यो विश्वकै महँगाे शहर

person explore access_timeमंसिर १५, २०७८ chat_bubble_outline0

इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगाे सहर साबित भएकाे छ । ईकाेनाेमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेकाे एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगाे सहर बनेकाे हाे । महँगाेका दृष्टिले  तेल अभिभ  पहिलाे पटक विश्वकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे हाे । 


‍इजरायलकाे राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएकाे सर्वेक्षणमा जनाइएकाे छ । त्यहाँ यातायात र खाद्यन्नकाे मूल्य पनि अन्य सहरकाे तुलनामा बढी देखिएकाे जनाइएकाे छ ।



त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दाेस्राे स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्राे र चाैथाे स्थानमा छन् । त्यसैगरी, न्युयाेर्क र जेनेभा क्रमश: पाँचाैं र छैटाै‌ स्थानमा परेका छन् । त्यस्तै, काेपनहेगन साताैं, लस एन्जेलस आठाैं र जापानकाे ओसाका नवाैं स्थानमा परेका छन् । 



 



 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।