बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको बर्चस्व

बुधबार, १५ मङ्सिर २०७८, १२ : ०८
बुधबार, १५ मङ्सिर २०७८

नेपाली काँग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् ।  बुधबार बिहान सार्वजनिक मतपरीणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।

सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरेर विजयी भएका छन् । 

सदस्य र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना जारी रहको र  बुधबार साँझसम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप