शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुबा बने गायक रमेश प्रसाई

बुधबार, १५ मङ्सिर २०७८, ११ : ४४
बुधबार, १५ मङ्सिर २०७८

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए । ‘छोरीको जन्मले मैले अझै परिपक्व भएको महसुस गरेको छु’ प्रसाईले भने । 

गत वर्षको मंसिरमा धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजित एक समारोहमा रमेश र नन्दाको विवाह भएको थियो । करिव ३ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए ।
लोकदोहोरी र राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ को बोलको गीतकाख कारण चर्चामा छाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप