
बुधबार ११ इजलास गठन, मीरा खड्का र कुमार चुडाल एकल इजलासमा

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् ।
बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठकै मेलमिलापसम्बन्धी संयुक्त इजलास परेको छ ।
त्यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग वमकुमार श्रेष्ठको संयुक्त इजलास परेको छ । त्यस्तै न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।
मेलमिलापको एउटा रिटमा आदेश संशोधन गर्ने प्रयोजनको रिट भएकाले दुईजना न्यायाधीश दोहोरिएका छन् । बुधबारका लागि १८ जना न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ