सर्वोच्चको ऐतिहासिक दिन, सुरु भयो गोलाप्रथा
सर्वोच्च अदालतमा मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।
सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ ।

यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा आजबाट गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भएका छन् । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।
यद्यपि सर्वोच्च अदालतका अन्य न्यायाधीश र नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सँगै नबस्ने र बहस नगर्ने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण