शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले ताइवानमाथि हमला गरे चुप रहनेछैन जापान र अमेरिका : जापानका पूर्व प्रम

बुधबार, १५ मङ्सिर २०७८, १० : ५४
बुधबार, १५ मङ्सिर २०७८

जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।’

अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप