शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनन्त र प्रवीषाले ल्याए ‘सानो कुरामा’

बुधबार, १५ मङ्सिर २०७८, १० : ५३
बुधबार, १५ मङ्सिर २०७८

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।

सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप