त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।
मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।
यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् । सो बापत ६७ लाख ३० हजार राजस्व संकलन गरिएको छ । ४ किलो सुन भन्सार काउन्टरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन