शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

बुधबार, १५ मङ्सिर २०७८, १० : ४२
बुधबार, १५ मङ्सिर २०७८

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न निर्देशन दिएका छन । उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।

एमडिएमएस लागू नहुँदा नेपालमा अवैध मोबाइल आयात भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताए । भने, "नेपालमा अवैधरुपमा अवैध काम हुँदै आएको छ ।"

मन्त्री शर्माले यहि महिनादेखि एमडिएमएस लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन । अवैध आयातकर्तालाई पोस्न एमडिएमएस लागू नभएको हुनसक्ने भएकाले अब तत्काल यो सिस्टम लागू हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप