मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक पौडेललाई ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार

बुधबार, १५ मङ्सिर २०७८, १० : ३१
बुधबार, १५ मङ्सिर २०७८

लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको छ । फाउन्डेसनका नेपालका संयोजक राधेश्याम लेकालीले पुरस्कार सार्वजनिक गरेका हुन् ।

हेम–सरिता पाठक प्रतिष्ठानले यस अगाडि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ र दुई हजार अमेरिकी डलर राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’  २०७७ घोषणा गरेको थियो ।
प्रतिष्ठानले गायन, संगीतका अलवा पत्रकारिता र साहित्यमा समेत पुरस्कार दिदै आएका छ । स्कुल संचालन, विपन्न बर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि समेत अनुदान प्रदान गर्दै आएको प्रतिष्ठानले झापाका विभिन्न क्षेत्रका अशक्त र असहायका लागि घर निर्माण गरेको छ । 

घोषणा भएको पुरस्कार काठमाडौंमा एक समारोहको बीच छिट्टै प्रदान गरिने संयोजक लेकालीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप