तालीबानको फिर्तीपछि सयभन्दा बढी पूर्व सैनिक मारिए वा गायब भएको रिपोर्टमा खुलासा
तालिबान सत्तामा फिर्ता भएपछि सयभन्दा बढी पूर्व अफगान सुरक्षा बलका सदस्यलाई या त तालिबानले हत्या गरिदियो या उनीहरुलाई गायब पारिएको एक रिपोर्टमा खुलासा भएको छ ।
ह्यूमन राइट्स वाच (एचआरडब्ल्यू) को एक रिपोर्टमा तालिबान नेतृत्वले बचनका बावजुद स्थानीय कमान्डरले पूर्व सैनिक वा प्रहरीलाई निशाना बनाउन जारी राखेको बताइएको छ ।
एचआरडब्ल्यूले तालिबानको नेतृत्वमा आफ्ना लडाकूमार्फत् हत्यालाई उक्साइरहेको आरोप लगाएको छ ।
हालै तालिबानका प्रवक्ताले बदलाको भावनाले हत्या गरिएको आरोपलाई अस्वीकार गरेका थिए ।
अमेरिकाले २० वर्षको युद्धपछि अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता बोलाउने निर्णय गर्यो । तत्पश्चात् अगस्टकामे मध्यमा देशको अशरफ गनीको सरकारलाई हटाएर तालिबानले काबुललाई आफ्नो कब्जामा लिएको थियो ।
त्यतिबेला तालिबानले अतितमा प्रहरी, सेना वा राज्यका अन्य शाखाका लागि काम गर्ने मानिसहरु सुरक्षित हुने बताउँदै पूर्व सरकारी कर्मचारीलाई आश्वासन दिएको थियो । आफूहरुले ती व्यक्तिविरुद्ध कुनै पनि द्वेष भाव नराख्ने बताउँदै आएका थिए ।
तर कतिले तालिबानको यो भनाईप्रति शंका व्यक्त गरेका थिए । तालिबानको सुरक्षा बलका व्यक्ति र नागरिक समाजका व्यक्तिको हत्या गर्ने लामो इतिहास रहेको छ ।
सन् २०२० को सुरुवातदेखि यस वर्षको अगस्टमा सत्तामा फिर्ता भएसम्म लगभग १८ महिनामा तालिबानले एक रक्तपातपूर्ण अभियान चलायो जसमा थुप्रै मानिसहरुलाई निशाना बनाएर हत्या गरियो । पीडितमा न्यायाधीश, पत्रकार र कार्यकर्ता पनि समावेश छन् ।
विश्लेषकका अनुसार यो रक्तपातपूर्ण अभियान सत्तामा फिर्ता हुनु अघि सम्भावित आलोचनालाई समाप्त गर्न र जिउँदो बचेका मानिसहरुमा डर पैदा गर्नका लागि गरिएको थियो ।
तालिबान यतिबेला विश्वव्यापी रुपमा पहिचान पाउनका लागि हर सम्भव कोसिस गरिरहेको छ । अफगानिस्तानमा संसारभरबाट पाइने राहत सामग्री र आर्थिक सहयोग नपाएका कारण आधारभूत चिजको संकट गहिरिँदै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम