काँग्रेस महाधिवेशन : जनप्रतिनिधिलाई कतै कार्यकर्ताले पत्याए, कतै पत्याएनन्
नेपाली काँग्रेसको १४ आँै महाअधिवशेनअन्तर्गत लुम्बिनी प्रदेशमा सम्पन्न अधिवेशनमा जनप्रतिनिधिहरुलाई कतै कार्यकर्ताले प्रत्याएका छन् भने कतै पराजित गरिदिएका छन् । प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, कपिलवस्तुको महाराजगंज नगर प्रमुख अब्दुल कलाम खाँ पार्टीको अधिवेशनमा कार्यकर्ताको पनि रोजाइमा परेका छन् । गिरी प्युठानको जिल्ला सभापतिमा निर्वाचित भएका छन् भने खाँ कपिलवस्तु जिल्ला सभापति बनेका हुन् ।
जनताले पत्याएर पनि कार्यकर्ताले अधिवेशनमा पराजित गरेका नेताहरुमा बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी, कपिलवस्तु नगरपालिका मेयर किरणप्रताप सिंह छन् । चौधरी जिल्ला सभापतिमा पराजित भए । उनलाई बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौरले पराजित गरेका हुन् । राठौरले ८८० मत र चौधरीले ६७८ मत पाएका थिए ।
कपिलवस्तु नगरपालिकाका मेयर किरणप्रतापलाई कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा आउनबाट कार्यकर्ताले बञ्चित गरेका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु पनि पराजित भएका थिए । उनलाई दुर्गा केसीले पराजित गरे । यस्तै राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
प्रदेशमा देउवा पक्षका २ र इतर पक्षका ९ सभापति
नेपाली काँग्रेस १४ आँै महाअधिवशेनअन्तर्गत लुम्बिनी प्रदेशमा सम्पन्न ११ जिल्लाको अधिवेशनबाट जिल्ला सभापतिमा संस्थापन पक्ष इतर पक्षले बाजी मारेको छ । ११ मध्ये दुई जिल्लामा मात्र संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्षका जिल्ला सभापति निर्वाचित भए । बाँकी ९ जिल्लामा संस्थापन इतर पक्षका सभापति बनेका छन् ।
बाँके जिल्लाबाहेक सबै जिल्लाको नतिजा आइसकेको छ । देउवा पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेमा रुपन्देहीका रामकृष्ण खाण र बर्दियाका अरुणप्रकाश सिंह राठौर छन् । रामचन्द्र पौडेल निकट केशरमान रोका रुकुमपूर्व, हिमालदत्त श्रेष्ठ पाल्पा, किशोर आचार्य रोल्पा, विष्णुकुमार गिरी प्यूठान, केशव श्रेष्ठ अर्घाखाँची, शंकरप्रसाद डाँगी दाङ, खिलध्वज पन्थी गुल्मी र अब्दुल कलाम कपिलवस्तुको सभापति बनेका छन् । निर्वाचित जिल्ला सभापति सबै नयाँ अनुहार हुन् ।
गुल्मीमा पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका हुन् । पन्थी निवर्तमान जिल्ला कार्यसमिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् ।
यस्तै, दाङमा सभापति पदका ४ उम्मेदवार थिए । पहिलो मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने २ जनामा पुनः मतदान गर्नुपर्ने अवस्थामा शंकर डाँगी र भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा हुने तय भएको थियो । भुपबहादुरले शंकरलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकर सभापतिमा निर्वाचित भएका हुन् ।
देउवा पक्षलाई धक्का लागेको अर्को जिल्ला अर्घाखाँचीमा पौडेल पक्षका नेता केशव श्रेष्ठ सभापतिमा विजयी भएका छन् । श्रेष्ठले कुल १ हजार ४१८ मतमध्ये ७३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३५२ मतमै चित्त बुझाए ।
प्युठानमा तेस्रो धारका मानिएका विष्णुकुमार गिरी सभापतिमा निर्वाचित भएका छन् । उनी गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् । काँग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन् । रोका पनि पौडेल पक्षीय नेता हुन् । रोल्पा काँग्रेसको सभापतिमा किशोरकुमार आचार्य निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !