शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

धनुकटा काँग्रेस सभापतिमा दिनेश राई विजयी, सुनील थापाको साथले देउवा पक्षको वर्चश्व

बुधबार, १५ मङ्सिर २०७८, ०९ : १३
बुधबार, १५ मङ्सिर २०७८

नेपाली काँग्रेस धनकुटा सभापतिमा दिनेश राई निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवानिकट राई ५ सय ४ मतसहित सभापति निर्वाचित भएका हुन्। सहमहामन्त्री सुनील थापाको पनि समर्थन रहेपछि राईले संस्थापन इतरका उम्मेदवार कमोठ फागोलाई ३४ मतान्तरले पराजित गरेका थिए । फागोले ४ सय ७० मतमात्रै ल्याएका थिए । राप्रपा परित्याग गरी काँग्रेसमा आएका  थापाको धनकुटा गृह जिल्ला समेत हो ।

उपसभापतिमा सुनिल डंगोल र निर्मल ओझा निर्वाचित भए भने सचिवमा विजय सन्तोषी राई र जयन्द्र घिसिङ निर्वाचित भए ।

सहसचिवमा भने रोशन श्रेष्ठ र गिरिजा दाहाल निर्वाचित भएको काँग्रेस धनकुटाले जनाएको छ। उपसभापति ओझा बाहेक सबै सबै पदाधिकारी राई प्यानलका हुन् ।

यस्तै धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा देउवा पक्षीय जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन), सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । 


उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । यस्तै प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । त्यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप