बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपति मन्दिरमा ३ दिने मेला सुरु

बुधबार, १५ मङ्सिर २०७८, ०८ : ३२
बुधबार, १५ मङ्सिर २०७८

रौतहटको गुजरा नगरपालिका वडा ३ जंगलसहियास्थित पशुपति मन्दिरमा तिन दिने मेला सुरु भएको छ । पशुपति युवा क्लब  र पशुपति मन्दिर संचालक समितिको पहलमा बाला चतुर्दशीको अवसरमा उक्त मन्दिरमा मंगलबारदेखि  मेला सुरु भएको हो ।  


लामो समय देखि हरेक बर्ष लाग्दै आइरहेको बाला चतुर्दशी मेला कोरोना महामारीको कारण पछिल्लो वर्ष प्रभावित बनेको थियो ।  यस वर्ष केही सहज अवस्था देखिएपछि मंगलबारबाट भव्यताका साथ मेला लागि रहेकाले लाखबत्ती बाल्न आउने भक्ताजनहरुलाई आउन आग्रह गरिएको छ ।

भक्तजन तथा मेला भर्न आउनेहरुको मनोरञ्जनको लागि   पशुपति मन्दिर परिसरमा सरसफाइ  पश्चात् स्टेज निर्माण गरि मंगलबारदेखि सांस्कृतिक कार्यक्रम हुन लागेको नेकपा एमालेका युवा नेता हरिवंश मैनालीले रातोपाटीलाई जानकारी दिए ।

मेलामा आउनेहरुको लागि खानेपानी, शौचालय,विद्युत तथा सुरक्षाको समेत  व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।

यसै वर्ष दिवंगत अथवा निधन भएका पित्री तथा आफन्तको  परिवारका मानिसहरु रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली 
लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।


जंगलसहियास्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप